काठमाडौं– विराटनगर महानगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निरौला (कार्की) विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो।
उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा उनको उम्मेदवारी रद्द हुनुपर्ने जिकीर रिटमा गरिएको थियो।
उक्त रिटमा दुबै पक्षको बहसका लागि आजको मिति तोकिएको थियो। आज हुने सुनुवाइ गरेपछि अर्को पेसी कहिल्यै तोकिने साँझसम्म थाहा हुने सर्वोच्चले जनाएको छ।
बैशाख ३० गते अघि उक्त मुद्दाको पेसी तोकिएन भने उनले निर्वाचनमा भाग लिन पाउनेछन्।