काठमाडौं- शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। जेठ १ गतेदेखि लागू हुनेगरी बुधबार सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।
हिउँदे बिदा, वर्षे बिदा र पर्व बिदा कटौती गरी शनिबार र आइतबार बिदा दिने मन्त्रिस्तरीय निर्णय भएको हो। प्रवक्ता शर्माका अनुसार हप्ताको दुई दिन बिदा दिने निर्णयसँगै शुक्रबार भने पूरा दिन पढाउने निर्णय गरेको हो।
![May be an image of text](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/280381483_5236556769768199_2841689743212895356_n.jpg?_nc_cat=103&ccb=1-6&_nc_sid=5cd70e&_nc_ohc=uuG2RJgZHOcAX9v3dhX&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AT_bunVnxpxpLRNrLyH9JVa_RbY7QANuMIiRUiqLd4M29A&oe=62814201)