काठमाडौं- ६ दलको गठबन्धनको तर्फबाट झापाको दमक नगरपालीकामा मेयर पदको उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
बिहीबार बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।
प्रतिष्ठानका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ। त्हा उनको आजै अपरेसन हुँदैछ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै शुभेच्छुकलाई धैर्यधारण गर्न अनुरोध गरेका छन्।
'आदरणीय राम थापा अस्वस्थ्य हुनुभएको समाचारले दुःखी भएको छु। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सबै शुभेच्छुकहरूलाई उहाँको स्वास्थ्यलाभको कामना गर्न र धैर्यधारण गर्न हार्दिक अनुरोध गर्दछु'। उनले भनेका छन्।