काठमाडौं- विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। नर्सिङ संघ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइको आयोजनमा बिहीबार दिवस मनाइएको हो।
आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ।
‘नर्सहरु नेतृत्व गर्ने एउटा आवाज – नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्चित गर्न अधिकारहरुको सम्मान गरौं’ नारासहित यो दिवस मनाइएको हो।
नेपाल नर्सिङ परिषदको तथ्यांकअनुसार नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्स छन्।