ललितपुर- नर्सिङ्ग क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्घेश्यका साथ ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ।
कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिनिकल सर्भिसका प्रमुखप्रा.डा. निलमणी उपाध्याय, मेडिकल सुपरिन्टेन्डेन्ट डा. जयेन्द्र बज्राचार्य र नर्सिङ्ग सेवा प्रमुख कोपिला श्रेष्ठ पालीखेको उपस्थितिमा नर्सहरुमा सम्मान प्रकट गर्दै थप हौसला बढाउनका लागी विभिन्न विषयमा चर्चा गरिएको थियो।
कार्यक्रममा नर्सहरुले नेपाल मेडिसिटी अस्पताल जस्तो अन्तराष्ट्रिय स्तरको बहुआयमिक सेवा प्रदान गर्न र अत्याधुनिक प्रविधिमैत्री वातावरणमा काम गर्न पाएकोमा सुखद् अनुभव साटेको छन्।