काठमाडौं- सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक स्थगित भएको छ। अर्को बैठकबारे राजनीतिक दलका प्रतिनिधिलाई टेलिफोनमार्फत जानकारी गराउने सहायक निर्वाचन अधिकृतले जारी गरेको सूचनामा उल्लेख छ।
सर्वदलीय बैठककै चलिरहेकै समयमा पोखरेल शनिबार बिहान अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो। उनलाई उपचारका लागि अस्पताल लगिएको सूचनामा उल्लेख छ।