काठमाडौं- भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ। सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ।
शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो। त्यसविपरित नगरपालिकाले विद्यालयहरुलाई पत्र पठाएको हो।
आज नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ।
