काठमाडौं- पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको २ हजार ९२ पीसीआर र ९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ९०४ जना पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १४२ जना संक्रिय संक्रमित छन्।