काठमाडौं- पछिल्लो मतपरिणाम अनुसार मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारभन्दा पछाडि परेकी छिन्।
नेकपा एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी लामाले आइतबार साँझ साढे ६ बजेसम्मको गणनामा कांग्रेसकी उम्मेदवार रमिला वाग्लेभन्दा केही मतले पछाडि परेकी हुन्। लामाले ३ हजार १ सय ७१ मत ल्याउँदा कांग्रेसकी वाग्लेले ३ हजार २ सय २१ मत ल्याएकी छिन्। लामा वाग्लेभन्दा ५० मत पछाडि छिन्। केही समयअघिसम्म लामाले अग्रता लिएकी थिइन्।
लामो समयदेखि मेडिकल काउन्सिलमा कार्यरत लामाले काउन्सिलबाट ९ गते राजीनामा दिएकी थिइन्।
नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विनोद चालिसेले २ हजार ८ सय ७७ मत ल्याएका छन्। एमालेका मिठाराम अधिकारीले २ हजार ७ सय ८० मत ल्याएका छन्।