काठमाडौं- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पनि आइतबार ओपिडी बन्द नहुने भएको छ।
भौगोलिक अवस्थिति र दुर्गम पहाडी जिल्लाहरुबाट समेत स्वास्थ्योपचार गर्न आउने बिरामीहरुको हितलाई दृष्टिगत गरी आइतबारदेखि शुक्रबारसम्म नै ओपिडी सेवा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ।
'दिन प्रति दिन बिरामीको संख्या वृद्धि भइरहेको तथा प्रतिष्ठानको भौगोलिक अवस्थिति र दुर्गम पहाडी जिल्लाहरुबाट समेत स्वास्थ्योपचार गर्न आउने बिरामीहरुको हितलाई दृष्टिगत आइतबार देखि शुक्रबार सम्म ओपिडी सेवा संचालन गर्ने निर्णय भएको छ।' प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।