काठमाडौं- पछिल्ला पाँच दिनयता नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक अंकमा सीमित रहेको छ।
पछिल्लो २४ घण्टामा देशभर सात जनामा संक्रमण पुष्टि भएको छ। दुई हजार ७८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १३९ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट सकैको पनि मृत्यु भएको छैन। यही अवधिमा ९ जना निको भएका छन्।