काठमाडौं- स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापा पराजित भएकी छन्।
उनी जनता समाजवादीबाट उपाध्यक्षको उम्मेदवार बनेकी थिइन्। उनले जम्मा ६४ मत प्राप्त गरेकी छन्।
फेदीखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नै एमालेका उम्मेदवार विजयी भएका हुन्।
एमालेका घनश्याम सुवेदी ३ हजार ८३६ मत ल्याउँदै गाउँपालिका अध्यक्षमा विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लक्ष्मी प्रसाद बरालले ३ हजार ७०४ मत ल्याए।
उपाध्यक्षमा नेकपा एमालेकै देउ कुमारी गुरुङ ३ हजार ९७८ मत ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिव प्रसाद पराजुलीले २ हजार ३७९ मत ल्याए।