काठमाडौं- मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता कायम गरिरहेकी छन्।
नेकपा एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी लामाले अहिलेसम्म १२ हजार ६ सय ६२ मत ल्याएकी छिन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रमिला वाग्लेको १० हजार ५९१ मत आएको छ।
लामो समयदेखि मेडिकल काउन्सिलमा कार्यरत लामाले काउन्सिलबाट ९ गते राजीनामा दिएकी थिइन्।
नगरपालिकाको प्रमुखमा एमालेका मिठाराम अधिकारीको अग्रता रहेको छ। अधिकारीले १२ हजार ६३० मत ल्याएका छन्। यस्तै कांग्रेसका उम्मेदवार विनोद चालिसेले १० हजार १ सय ४६ मत ल्याएका छन्।