काठमाडौं- मेडिकल काउन्सिलकी पूर्व कर्मचारी अनिता लामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका उपप्रमुखमा विजयी भएकी छन्।
नेकपा एमालेबाट उम्मेदवार बनेकी लामाले १४ हजार ३१४ मतसहित जित हात पारेकी छन् भने उनकी प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याई पराजित भइन्। राप्रपाकी चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याएकी छन् ।
निर्वाचन आयोगका अनुसार बूढानीलकण्ठ नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकै उम्मेदवार मिठाराम अधिकारी १४,२५० मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस उम्मेदवार विनोद चालिसेलाई २,७३८ मतान्तरले पराजित गरेका हुन्। पराजित विनोद चालिसेले ११,५१२ मत ल्याएका छन्।