काठमाडौं- स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो मेयरमा निर्वाचित भएका छन्।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको मेयरमा महतो निर्वाचित भएका हुन्। जनता समाजवादी पार्टीबाट निर्वाचित महतोले ६ हजार ३२९ मत पाए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्तकुमार गुरुङले ४ हजार ५६९ मत पाए।