काठमाडौं- नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ८७४ परीक्षणमा ११ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा १२ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १४९ रहेको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।