काठमाडौं- दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नगरवासीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ।
गाउँपालिकामा निर्वाचित अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले पदभार ग्रहण गर्दै नगरवासीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेका छन् ।
वार्षिक बजेटमा स्वास्थ्य बीमालगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गरिने समेत अध्यक्ष बिसीले जानकारी दिए।