काठमाडौं- नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार २२६ जनाको परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा १३ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।