काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा विनोद खड्का चयन भएका छन्। फाउन्डेसनको शनिबार भएको वार्षिक साधारण सभाले डा खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
डा खड्का यसअघि फाउन्डेसनका उपाध्यक्ष थिए। यसअघि डा भुपेश खड्का फाउन्डेसनका अध्यक्ष थिए।
साधारण सभाले उपाध्यक्षमा डा विष्णु सापकोटा, सचिवमा जीवन लामिछाने र कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन्। यस्तै फाउन्डेसनको बोर्ड सदस्यहरुमा शम्भु अर्याल, विकाश भट्टराई, मार्भिन ब्रुस्टिन, राजु सेन्चुरी, गणेश चौधरी, विनोद ढुंगाना, दीक्षा धिताल, नविन कैनी, सरोज कँडेल, भुपेश खड्का, श्रद्धा मानन्धर, सुवोध मल्लिक, नारायण न्यौपाने, सन्देश पंडित, जुलिया सेपर्डसन, सुनिल शर्मा, दिनेश सुवेदी, अनिल सुवाल, स्वीकृति उपाध्याय र लिव्वी विल्सन रहेका छन्।
फाउन्डेसनले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको छ। सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ।