काठमाडौं- हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन्।
सोमबार पदभार ग्रहण गर्दै उनले स्वास्थ्य बीमासहितका पाँचवटा निर्णय गरेकी छन्। उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छिन्।
त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन्।