काठमाडौं- अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस आज बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यस वर्षको दिवसको नारा ‘एक पुस्ता भित्रै फिस्टुला समस्याको अन्त्य गरौं’ भन्ने रहेको छ।
काठमाडौ मोडल अस्पतालमा पनि अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस मनाइएको छ। सन १०१४ देखि काठमाडौं मोडल स्पतालले अब्स्टेट्रिक फिस्टुला शल्यक्रिया गर्दै आएको छ।
फिस्टुला फाउन्डेसनको सहयोगमा उक्त अस्पतालमा अब्स्टेट्रिक फिस्टुलाको निशुल्क शल्यक्रिया हुँदै आएको छ। जहाँ बिरामीले शल्यक्रियासहित बेड र खानाको समेत पैसा तिर्नु पर्दैन।
अस्पतालले वार्षीक ८० देखि १०० जना सम्मलाई यो सेवा दिँदै आएको छ। काठमाडौं मोडेल अस्पातालमा डा अरुणा कार्की, प्रा डा गणेश दंगाल, डा हेमा कुमारी प्रधानको टिमले जटिल खालको शल्यक्रिया गर्ने गरेको छ।
अब्स्टेट्रिक फिस्टुला बच्चा जन्माउँदाको जटिलताका कारणले महिलामा हुने गर्छ। अब्स्टेट्रिक फिस्टुलाको रोगीलाई पिसाब वा दिसा या दुबै चुहिरहने समस्या हुन्छ। लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसुतिकर्मीबाट सहि समयमा पर्याप्त उपचार सेवा नपाउनाले यो समस्या उत्पन्न हुन्छ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सन् २०११ को एक प्रतिवेदनअनुसार नेपालका ४ हजार ३ सय महिला अब्स्टेट्रिक फिस्टुलाबाट पीडित छन्।
अब्स्टेट्रिक फिस्टुला जस्तो स्वास्थ्य समस्याबाट नेपालका महिला तथा किशोरीहरूले अझै पनि दुःख पाइरहेका छन्। अब्स्टेट्रिक फिस्टुला बच्चा जन्माउँदाको जटिलताका कारणले महिलामा हुने गर्छ।
लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष प्रसुतिकर्मीबाट सहि समयमा पर्याप्त उपचार सेवा नपाउनाले यो समस्या उत्पन्न हुन्छ।
अब्स्टेट्रिक फिस्टुलाको रोगीलाई पिसाब वा दिसाब या दुबै चुहिरहने समस्या हुन्छ। विकसित मुलुकमा यो समस्या लगभग र्निमुल भइसकेको भएतापनि नेपाल जस्तो विकासोन्मुख देशमा यो एउटा गम्भिर समस्याको रुपमा रहेको छ।