काठमाडौं- नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा लिने नर्स तथा मिडवाइफ्रीको लागि नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम खुलाउने भएको छ।
परिषदले सो अवधीमा फारम भर्ना छुट भए १२ असार देखि १८ असारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने जनाएको छ।
परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने छ। यस्तै मिडवाईफ्रीका लागि व्याचलर इन मिडवाईफ्री साइन्स (बीएमएस) पास गरेको हुनुपर्ने भनिएको छ।
नाम दर्ता परीक्षाको लिखित परीक्षामा नर्सिङ तथा मिडवाईफ्री दुवै विधाका लागि १५० प्रश्नहरु सोधिने र त्यसको पुर्णाङक पनि १५० नै हुनेछ। जसमा ५० प्रतिशत अंक ल्याउने मात्रै पास हुनेछन्। मिडवाईफ्रीको हकमा थप ५० पुर्णाङकको प्रयोगात्मक परीक्षा पनि हुनेछ।