काठमाडौं- नेपाल निजामती कर्मचारी युनियनले बजेटमा समेट्नुपर्ने स्वास्थ्यसहितका विभिन्न ३१ बुँदामा अर्थमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ।
अर्थमन्त्री सँगको भेटमा युनियनका पदाधिकारीहरुले राष्ट्रसेवक कर्मचारीहरूले सेवा निवृत्त भएपछि पाउने औषधि उपचार बापतको रकम जति वर्ष सेवा गरेको छ त्यति नै महिना बराबरको तलब रकम पाउने व्यवस्था गर्न माग गरेका छन्।
युनियनले संघीय निजामती सेवा ऐन यथाशिघ्र ल्याउन, आधारभूत तलबमान कम्तिमा तीस हजारबाट सुरुवात हुने गरी कार्यालय सहयोगीदेखि मूख्य सचिवसम्मका पदमा कार्यरत सबै तहका कर्मचारीहरुको तलब वृद्धि गर्न पनि माग गरेको छ।
हेर्नुहोस युनियनले बुझाएको ज्ञापन पत्र :