काठमाडौं– सरकारले स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि तीनै तहका सरकार परिचालित गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्वास्थ्य पूर्वाधार, अक्सिजन, र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित गरिने बताइन्।
कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरिएको उनले बताएकी छिन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘सरकारले कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ।’
सँगै उनले हालसम्म ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप उपलब्ध भएको बताइन्।
‘हालसम्म ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप उपलब्ध भएको छ’ भण्डारीले भनिन्, ‘३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइएको छ।