काठमाडौं - नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवं क्यान्सर लगायतका दीर्घ रोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना, प्रसामक तथा परामर्श केन्द्र स्थापना गरिने बताइन्।
नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिने, 'एक स्वास्थ्य रणनीति' कार्यान्वयनमा ल्याई प्रतिजैविक औषधिको प्रतिरोधलाई न्यून गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।