काठमाडौं– सरकारले चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्याथी सिट संख्या वृद्धि गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन्।
सरकारको यो निर्णयले चिकित्सा शिक्षा अध्ययन गराउने मेडिकल कलेजहरुको सिट संख्या आगामी दिनमा बढ्न सक्ने देखिन्छ।
हाल चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल कलेजहरुमा सिट निर्धारण हुँदै आएको छ।