काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक पदमा डा टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित भएका छन्। डब्लुएचओका सदस्य राष्ट्रहरुले मंगलबार डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेका हुन्।
डा टेड्रोस सन् २०१७ मा पहिलो पटक पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए। उनी फेरि थप पाँच वर्षका लागि महानिर्देशकमा निर्वाचित भएका छन्।
यसपटक महानिर्देशक पदका लागि डा टेड्रोस मात्र उम्मेद्वार थिए। स्वीजरल्याण्डको जेनेभामा जारी ७५ औँ विश्व सम्मेलनले उनलाई निर्विरोध दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो।
मंगलबार निर्वाचित भएपनि डा टेड्रोसले दोस्रो कार्यकाल आगामी १६ अगष्टदेखि सुरु हुने छ।