काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि संचालन हुने भएको छ।
काउन्सिलले एक सूचना जारी गर्दै जेठ १२ देखि १४ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा संचालन हुने जनाएको छ।
परीक्षा दिन आउँदा प्रवेशपत्रका साथ आफ्नो परिचय खुल्ने कुनै एक परिचयपत्र जस्तै नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा सरकारी निकायबाट जारी गरिएको परिचयपत्र ल्याउनु पर्ने आयोगले जनाएको छ।।
एमबीबीएसको लाइसेन्स परीक्षा १२ र १३ गते संचालन हुने छ भने बिडीएसको १४ गते हुने छ।
हेर्नुहोस परीक्षा तालिका:
![No description available.](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/283265084_411145770657056_921984591402473829_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=bkc5Y75hG9QAX9GBMM4&_nc_ht=scontent.fktm6-1.fna&oh=03_AVLaK_FKJjWicMhEnn8MIQYg10-d9FRf-UE_9vNxn79U8A&oe=62B49221)