काठमाडौं- चिकित्सा शिक्षा आयोगले विज्ञ रोष्टरमा सूचीकृत हुनका लागि आह्वान गरेको छ। आयोगबाट विभिन्न तह तथा विषय अध्ययनका लागि लिइने एकीकृत प्रवेश परीक्षाको काममा लागि विज्ञलाई सूचीकृत हुन आह्वान गरेको हो।
आयोगको रोस्टरमा सूचीकृत भएका विज्ञले एकीकृत प्रवेश परीक्षाको प्रश्नपत्र बनाउने र उत्तरकुञ्जिका निर्माण तथा यस सम्बन्धी अन्य कार्य गर्नुपर्ने आयोगले जनाएको छ।
जेठ मसान्तसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ।

