काठमाडौं- नेपाल चिकित्सक संघले एनएमए मेडिकल म्युजियम स्थापना गर्ने भएको छ। संघको केन्द्रीय कार्यालय प्रर्दशनीमार्गमा 'एनएमए-मेडिकल म्युजियम' स्थापना संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
संघले संघ, संस्था, अस्पताल वा व्यक्तिगत तवरबाट प्राप्त ऐतिहासिक मेडिकल उपकरण तथा चिकित्सा सेवामा प्रयोग भईसकेका सामग्रीहरुको जानकारी संघलाई दिन पनि आग्रह गरेको छ।
अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरु, प्रमाण पत्र, पुस्तक र मेडिकलसँग सम्बन्धित उपकरणहरु लगायतका अन्य सामग्रीहरु उपलब्ध गराउन पनि संघले अनुरोध गरेको छ।