काठमाडौं- बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा लेजर सर्जरी प्रविधि कार्यशाला सुरु भएको छ।
काठमाडौं बाहिर पहिलो पटक सुरु भएको कार्यशालामा अमेरिका र भारतबाट आएका विशेषज्ञहरूले शल्यक्रिया तथा कार्य पत्र प्रस्तुत गर्नेछन्।
उक्त प्रविधिबाट घाँटी नचिरि स्वर यन्त्रमा पलाएको ट्युमर र क्यान्सर निकालेर फालिने हेड एण्ड नेक क्यान्सर यूनिटका सिनियर कन्सल्टेन्ट एंव कार्यशालाका आयोजक समितिका सदस्य सचिव डा अनिल बिक्रम कार्कीले बताए। कार्यशालाबाट १० जना भन्दा बढी बिरामीले सेवा पाउने छन्।
साथै ५० जना बढी नेपालका विभिन्न भागबाट आएका विशेषज्ञ चिकित्सकहरूलाई सिकाई उपलव्धी हुने अस्पतालका कार्यकारी निर्देशक सिनियर कन्सल्टेन्ट तथा आयोजक समितिका अध्यक्ष डा देज कुमार गौतमले जानकारी दिए।
उनले पहिले यस प्रकारको उपचारको लागि भारत जानु पर्ने बाध्यता रहेकोले आफ्नो कार्यकालको सुरूवातमै यो प्रविधि भित्र्याएको बताए।