काठमाडौं - १२ औँ सार्क इएनटी कंग्रेस सम्मेलन यही जेठ १३ गते काठमाडौंमा हुने भएको छ। सोसाइटी अफ ओटालारिन्गोलोजिष्ट नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो।
सम्मलेनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन्। विशेषज्ञहरुले विभिन्न विद्यामा १२० वटा कार्यपत्रहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ। सार्क राष्ट्रका सहभागीहरुले नाक, कान, घाँटीको क्षेत्रमा आ–आफ्नो राष्ट्रले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गर्ने र यस क्षेत्रमा भएका नवीनत्म खोजको बारेमा पनि कार्यपत्र प्रस्तुत हुने आयोजक समितिका महसचिव डा योगेश न्यौपानले जानकारी दिए।
नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अमेरिका र युरोपका गरी करिब चार सय जना र उनीहरुको परिवारसहित ६ सय जनाको सहभागिता रहनेछ। यस पटकको सम्मेलनको नारा ‘क्वेस्ट फर परफेक्सन इन इएनटी एण्ड हेड एण्ड नेक सर्भिस’ तय गरिएको छ। यसअघि पहिलो र दोस्रो सम्मेलन पनि काठमाडौंमा आयोजना गरिएको थियो। उक्त सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ।