काठमाडौं–कैलालीको गेटामा मेडिकल कलेज संचालनको माग गर्दै बिहीबार धनगढीमा धर्ना दिइएको छ। स्थानीयबासीले धनगढीको लक्ष्मी नारायण चोक मेन रोडमा धर्ना दिएका हुन्। 
मंगलबारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा समावेश गरिएपछि कैलालीमा प्रदर्शन सुरु गरिएको हो। निर्माण सम्पन्न हुन लागेको कलेज सञ्चालनको कुरा छाडेर डडेल्धुराको विषय समावेश गरिएको भन्दै उनीहरुले विरोध जनाएका छन्।
गेटामा मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइनुपर्ने उनीहरुको माग छ।