काठमाडौं- सुनसरी सदरमुकाममा रहेको इनरुवा अस्पतालका निमित्त मेसु डा देवराज घिमिरेले अभद्र व्यवहार गरेको आरोप लगाउँदै डाक्टरहरुले राजीनामा माग गरेका छन्।
डा घिमिरेले अस्पतालमा कार्यरत अस्पतालका डा अमित मेहतामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप उनीहरुले लगाएका छन्।
अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानसिक तनावसहित अभद्र व्यवहार गरेको भन्दै उनीहरुले मेसुले राजीनामा नदिए इमरजेन्सी बाहेकका सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन्।
स्वास्थ्यकर्मीहरु बिरामीको सेवा र उपचारमा नियमित रुपमा लागी परेपनि डा घिमिरेको अभद्र व्यवहारले काम गर्ने मनोबल गिराएको गुनासो समेत उनीहरुको छ।
![No description available.](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/282726612_1074120526837191_2163637743625107831_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=dOxWAzOpGLgAX8JbnEg&_nc_ht=scontent.fktm6-1.fna&oh=03_AVLJuaNwaE_lZHDxyRZa8XR8K1U3JClQezP_90dQ1hn3Ag&oe=62B33522)
![No description available.](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/282303608_1361228451036306_2415983737189278652_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=c-J04GGHZ2IAX_h_7rT&_nc_ht=scontent.fktm6-1.fna&oh=03_AVK5ytJN-l2au_8373DwmL2lp5WpyoebevwbG9WeFKATVA&oe=62B5964A)
![](https://swasthyakhabar.com/uploads/editor/2022-05-16/signature.jpg)