काठमाडौं- नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। पाँचमहिनादेखिको तलबभत्ता नपाएको भन्दै मेडिकल कलेजका १ सय ५० जना भन्दा बढी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
उनीहरुले कलेज प्रशासन अगाडि बिहीबार बिहान ९ देखि १० बजेसम्म विरोध प्रदर्शन गरेका छन्। हातमा कालोपट्टी बाँधेर उनीहरुले तलबभत्ताको माग गरेका छन्।
माघदेखिको तलब र इन्सेन्टीभ नपाएको उनीहरुको भनाइ छ। बुधबार बसेको फ्याकल्टी भेलाले शुक्रबारसम्ममा चैतसम्मको तलब भुक्तानी दिन अल्टिमेटमा दिएका छन्। शुक्रबारसम्म माग पूरा नभए १६ र १७ गते दिउसो २ बजेपछि ओपिडी सञ्चालन नगर्ने उनीहरुले चेतावनी दिएका छन्।