काठमाडौं- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल गाडी दुर्घटना हुँदा घाइते भएकी छिन्। उनको गाडी ललितपुर स्टाफ कलेज नजिकै दुर्घटना भएको हो।
उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
दुर्घटनापछि उनलाई उपचारका लागि ललितपुरको सुमेरु सिटी अस्पताल लगिएको छ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा चोट लागेको छ। प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो।
गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ।