काठमाडौं- दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ। उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।
उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ। सिटी स्क्यान गर्दा बाहिरी छालामा मात्रै चोट लागेको रिपोर्ट आएको छ। अवस्था सामान्य रहेको र डाक्टरको सल्लाहमा डिस्चार्जको तयारी गरिएको रेनुकी बहिनी गंगा दाहालले जानकारी दिइन्।
उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो।