काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १९६९जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १५ जना संक्रमण मुक्त भएका छन् भने ११४ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।