काठमाडौं- सरकारले स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालहरुको निर्माणका लागि १० अर्ब बजेट बिनियोजन गरेको छ।
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पतालहरुको निर्माण कार्यका लागि उक्त बजेट बिनियोजन गरेको बताए। आगामी आर्थिक वर्षमा ६५५ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गरिने उनले बताए।
यस्तै, सरकारले पुराना र जीर्ण अवस्थामा रहेका असपताल एवं स्वास्थ्य संस्थाका भवनहरु नयाँ मापदण्ड अनुसार पुर्ननिर्माणका लागि आवश्यक रकम समेत बिनियोजन गरेको छ। ज्येष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरी सञ्चालनमा ल्याइने अर्थमन्त्री शर्माले जानकारी दिए।