काठमाडौं– सरकारले सबै प्रादेशिक अस्पतालहरुमा मिर्गौलाका बिरामीका लागि डायलाइसिस निशुल्क सेवा उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सबै प्रादेशिक अस्पतालहरुमा नि:शुल्क डायलाइसिस सेवा प्रदान गरिने बताएका हुन्।
मन्त्री शर्माका अनुसार डायलाइसिस सेवा प्रदान गर्न सरकारले आगामी आर्थिक वर्षका लागि डायलाइसिस मेसिन खरिदका लागि २० करोड विनियोजन गरेको छ।
यस्तै मिर्गौलाका बिरामीको मिर्गौला प्रत्यारोपण निशुल्क गरिने मन्त्री शर्माले जानकारी दिए। विपन्न नागरिकलाई निशुल्क मिर्गौला प्रत्यारोपणका लागि १० करोड विनियोजन गरेको मन्त्री सर्माले बताए।