काठमाडौं- सरकारले शिक्षकहरुका लागि अलग्गै अस्पताल निर्माण गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८०का लागि सरकारले पेश गरेको बजेटमा शिक्षक अस्पताल निर्माण अघि वढाइने उल्लेख छ।
अलग्गै अस्पताल निर्माण गर्ने भन्दा भएका सरकारी अस्पतलाहरुलाई सुधार गनुपर्ने आवाज आइरहँदा सरकारले भने अस्पताल निर्माणको घोषणा गरेको हो।
अहिले निजामती अस्पताल भएजस्तै शिक्षकहरुका लागि सुविधा दिन यस्तो अस्पताल निर्माण गर्न सरकारले बजेटको व्यवस्था गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।