काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा नागरिक आरोग्य कार्यक्रम संचालन गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सो विषय उल्लेख छ। आयुर्वेद र होमीयोप्याथी जस्ता वैकल्पिक चिकित्साको विकास गर्ने शर्माले जानकारी दिए।
साथै ४० वर्षमाथिका नागरिकको वर्षमा एकपटक नसर्ने रोगहरुको निःशुल्क स्क्रिनिङ गरिने मन्त्री शर्माले जानकारी दिए।