काठमाडौं- सरकारले सिकलसेल एनिमिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सिकलसेल ऐनिमिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने बताए।
त्यस्तै रुपेन्देहीको सैनामैना, नवलपरासीपूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ।