काठमाडौं- सरकारले बर्दिया र सप्तरीमा ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै बर्दिया र सप्तरीमा ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गरिने बताए।
'गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धन गर्नका लागि लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको सप्तरीमा चिकित्सा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पालत निर्माण गरिने छ,' उनले भने।