काठमाडौं- सरकारले विधुतीय स्वास्थ्य प्रणालीको व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै विधुतीय स्वास्थ्य प्रणालीको व्यवस्था गरिने बताए।
प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षदेखि प्रमुख अस्पतालमा विद्युतीय स्वास्थ्य प्रणालीको व्यवस्था गरिने उल्लेख गरिएको छ।
उनले सो सेवा क्रमशः सबै अस्पतालमा विस्तार गरिने बताए।