काठमाडौं- सरकारले खोप उद्योग स्थापनाका लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट दिने भएको छ। बजेट भाषणसँगै सरकारले ल्याएको आर्थिक विधेयकमा खोप उद्योग स्थापनाका लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट सहुलियत सम्बन्धी विशेष व्यवस्था गरेको छ।
'खोप उद्योग स्थापनाका लागि स्वीकृत स्किम बमोजिम आवश्यक पर्ने मेसिन उपकरणको पैठारीमा आर्थिक वर्ष २०७९/८० मा लाग्ने भन्सार महसुल, अन्त:शुल्क तथा मूल्य अभिवृद्धि कर छुट हुनेछ' विधेयकमा भनिएको छ।
यस्तै सरकारले तरल अक्सिजन उद्योग स्थापनाका लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा पनि कर छुट दिने व्यवस्था गरेको छ।