काठमाडौं– सरकारले टेस्टट्यूब बेबी सेवा अर्थात इनभिट्रो फर्टीलाईजेशन प्रविधिलाई काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालहरुमा विस्तार गर्ने जनाएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
मन्त्री शर्माका अनुसार निःसन्तान महिलाहरुले प्रयोग गर्ने टेस्टट्यूब बेबी र ईनभिट्रो फर्टीलाईजेशन प्रविधिलाई काठमाडौं बाहिरका सरकारी अस्पतालहरुमा विस्तार गरिने छ।
हाल सरकारी सेवा अन्तर्गत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मात्र इनभिट्रो फर्टीलाइजेसन सेवा उपलब्ध छ।
यस्तै अटिजम, मानसिक अपाङ्गता र स्पाईनल ईञ्जुरी पीडित महिलाहरुको लागि राहत तथा पुनर्स्थापना कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।