काठमाडौं- एमाले नेता महेश बस्नेतको पित्तथैलीमा देखापरेको पत्थरीको शल्यक्रिया भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सोमबार बस्नेतको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको उनको सचिवालयले जनाएको छ।
चिकित्सकको सल्लाह अनुसार बस्नेतलाई हाल भेटघाटमा रोक लगाएको पनि सचिवालयले जनाएको छ।