काठमाडौं- सुर्तीजन्य पदार्थको नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथु सम्मानित भएका छन्।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख हाछेथुलाई सम्मान गरिएको हो।
ललितपुर महानगरपालिकालाई धूम्रापान निषेधित क्षेत्र बनाउन आफू प्रतिवद्ध रहेको उनले बताए। हाल ललितपुर महानगरपालिका भित्रका चार वटा क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा भइसकेका छन्।
सुर्तीजन्य पदार्थको सेवन रोक्नका लागि महानगरभित्रका घर–घरमा पुग्ने अभियान भोलिबाटै सुरु हुने उनले बताए। अभियानका लागि पाँच जना नगर प्रहरी खटाइने उनले जानकारी दिए।