काठमाडौं- स्त्री रोग तथा प्रसूति गृह थापाथलीमा कार्यरत प्रमुख कन्सल्टेन्ट अब्स्ट्रेटिक्स गाइनोकोलोजिस्ट डा जागेश्वर शर्मा गौतमको राजीनामा स्वीकृत भएको छ।
यही जेठ १३ गते बसेको मन्त्रीपरिषद बैठकले गौतमको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
बैठकले प्रधानसेनापतिको विदेश भ्रमणलाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ।